शनिबार, कार्तिक ८, २०७७

कोरोना भाइरसका एक हजार ५५९ जना सङ्क्रमित थपिए

१४ आश्विन २०७७, बुधबार २०:००
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५६ हजार ४२८ जना सङ्क्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share