कोरोनाभाइरसका एक हजार ५१३ जना सङ्क्रमित थपिए
१३ आश्विन २०७७, मंगलवार १९:४०काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ५१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश हजार ८९१ जनाको परीक्षण गरिएकोमा उक्त सङ्क्रमित थपिएका हुन् ।
नेपालमा २० हजार ३९६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५५ हजार ३७१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा दश जना सङ्क्रमितको निधन भएको छ ।