कोरोना भाइरसका एक हजार ३१३ जना सङ्क्रमित थपिए
९ आश्विन २०७७, शुक्रबार २१:०७काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ३१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ३१३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ हजार २६२ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै सङ्क्रमित ७० हजार ६१४ पुगेको छ ।
२४ घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । मन्त्रालयले हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।