कोरोना भाइरसका एकहजार ४९७ सङ्क्रमित थपिए
८ आश्विन २०७७, बिहीबार १८:३६काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९७ जना सङ्क्रमित थपिएका हुन् ।
हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ५० हजार ४११ जना निको भएका छन् ।
१७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र अहिलेसम्म कै सबैभन्दा बढी नेपालमा संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।