एक हजार १७२ जना सङ्क्रमित थपिए
७ आश्विन २०७७, बुधबार २०:४१काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार १७२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७२ जना सङ्क्रमित थपिएका हुन् ।
थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १८९२ सङ्क्रमित जितेर घर फर्केका छन् । ४९ हजार ९५४ जना कोरोना जितेर घर
फर्केका छन् । हाल १७ हजार ४१४ जनामा सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।