आइतवार, कार्तिक ९, २०७७

खाद्य सामग्री किनमेल खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

७ आश्विन २०७७, बुधबार २०:२९
खबरइरा संवाददाता

काठमाडाैं । खल्ती डिजिटल वालेट प्रयाेग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेकाे खाध्यान्न लगायतका सामाग्रीकाे माेवाइल वालेटबाटै भुक्तानी गर्न सक्ने भएका छन् ।

ग्राहकले कम्पनीकाे nepalfood.gov.np वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनाैट गर्नु पर्ने छ । त्यसपछि माेवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णाली को सिमी, गेडागुडी, दूग्ध विकास संस्थानकाे घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलाेलगायतका सामग्रि विक्री गर्दै आएकाे छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडाैं उपत्यकामा चक्रपथभित्र हाेम डेलिभरी समेत दिँदै आएकाे छ ।

‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share