कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिए
६ आश्विन २०७७, मंगलवार २०:३३काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ३५६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका हुन् ।
थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ८२३ सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ४८ हजार ०६१ जना निको भएका छन् । हाल १८ हजार १४२ जनामा सङ्क्रमण सक्रिय छ ।
दुई जनाको मृत्यु
पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।