शुक्रबार, कार्तिक ७, २०७७

एक हजार १५४ जना सङ्क्रमित थपिए

५ आश्विन २०७७, सोमबार १७:१२
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १५४ जना जना सङ्क्रमित थपिएका हुन् ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा एक हजार पाँचजना सङ्क्रमित कोरोनालाई जितेर घर फर्केका छन् । १७ हजार ६११ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

१६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४२७ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share