शनिबार, कार्तिक ८, २०७७

एक हजार ३२५ जना सङ्क्रमित थपिए

४ आश्विन २०७७, आईतवार १८:०१
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ३२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ३२५ जना जना सङ्क्रमित थपिएका हुन् ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६४ हजार १२२ जना पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९६६ जना सङ्क्रमितले कोरोना जितेर घर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या ४६ हजार २३३ जना पुगेको छ भने १७ हजार ४७८ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

दश जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दश जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४११ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share