आइतवार, कार्तिक ९, २०७७

देशलाई प्रयोगको थलो बनाउने अधिकार कसैलाई छैन: वरिष्ठ नेता पौडेल

३ आश्विन २०७७, शनिबार ०८:३८
खबरइरा संवाददाता

काठमाडाै‌ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकाता र संरचनामा खलल पुग्नेगरि संसोधन गर्न नहुने बताउनु भएकाे छ ।

प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए लगतै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो प्रतिक्रिया दिनु भएकाेहाे ।

पाँचौ संविधान दिवसका अवसरमा शुभकामना दिदै वरिष्ठ नेता पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताउनु भएकाे छ । उहाँले नेपाली जनताले लामो संघर्षपछि र धेरै दुःख मेहनत गरेर नेपालको संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सवै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत संगेटेर सत्तरी वर्ष पछि आएर देशमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताउनु भयाे ।

वरिष्ठ नेता पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको वर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गर्नुभएकाे छ । उहाँले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाहरुको सम्वोधन हामी सबैको सहमतिमा गर्न सकिने बताउनु भएकाे छ । तर प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुर्याउने गरी सशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाईराख्नु नत राष्ट्र हितमा छ, नत त्यस्तो अधिकार कसैलाई भएको पौडेलको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share