शुक्रबार, कार्तिक १४, २०७७

कमल थापाले गरे जिल्ला अध्यक्षहरुसँग भर्चुअल बैठक

१ आश्विन २०७७, बिहीबार २०:२०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पछिल्लो समय प्रविधिको सदुपयोग गर्दै अध्यक्ष थापाले आज जिल्ला अध्यक्षहरुसँग भर्चुअल मिटिङ गर्नुभएकाे छ ।

अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्था एवं भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षहरुलाई जानकारी गराउनु भएकाे थियाे । मुलुकमा राप्रपाले बोकेको एजेण्डाको आवश्यकता र औचित्य दिन प्रतिदिन बढिरहेको सन्दर्भमा पार्टीलाई जबर्जस्त ढंगबाट स्थापित गर्नुको विकल्प नरहेको स्पष्ट पार्दै थापाले जनताबाट अनुमोदित भएर आउनको निमित्त संगठन निर्माणमा केन्द्रित हुन जोड दिनुभयाे ।

प्रजातन्त्रको सौन्दर्य फरक विचार भएकोले प्रजातन्त्रलाई मजवुद बनाउनको निमित्त फरक विचार बोक्ने शक्ति बलियो हुनुपर्ने आवश्यकता औंल्याउदै अध्यक्ष थापाले राप्रपालाई शसक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयाे ।

धर्म परिवर्तन, भ्रष्टाचार र सर्वसत्तावादका कारण मुलुक दुर्घटना उन्मुख भएकाले देश जोगाउन र बनाउन राप्रपाको विकल्प नभएको सन्देश जनतामाझ पुर्याउन थापाले जिल्ला अध्यक्षहरुलाई आग्रह गर्नुभयाे ।

बैठकमा जिल्ला अध्यक्षहरुले पार्टीलाई अगाडी बढाउनको निमित्त प्रतिबद्ध रहेको भन्दै सैद्धान्तिक र वैचारिक रुपमा दृढता रहेको विचार व्यक्त गर्नुभएकाे थिाये । ५१ जिल्लाका अध्यक्षहरु भर्चुअल बैठकमा सहभागी भएका र आगामी दिनमा यस्ता बैठकलाई अध्यक्ष कमल थापाले निरन्तरता दिनुहुने केन्द्रीय सचिबालय सदस्य राजाराम वर्तौलाले जानकारी दिनुभयाे ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share