देशभर कोरोना भाइरसका एक हजार ५३९ जना सङ्क्रमित थपिए
३१ भाद्र २०७७, बुधबार २०:४२काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ५३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर दश हजार २९४ परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका ५८ हजार ३२७ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमित १६ हजार २४२ छन् । पछिल्लो २४ घण्टामा एक हजार ६८ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४१ हजार ७०६ पुगेको छ ।
८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७९ पुगेको छ ।