देशभरमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिए
३० भाद्र २०७७, मंगलवार २०:५३काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर दशहजार ३७५ वटा परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५६ हजार ७८८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमित १५ हजार ७७९ छन् । पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोना भाइरसबाट निको भएकाहरुको संख्या ४० हजार ६३८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ ।
११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३७१ पुगेको छ ।