शुक्रबार, कार्तिक १४, २०७७

रेलमार्गको ठेक्का प्रक्रियाको छानविन गर्न वरिष्ठ नेता पौडेलको माग

१७ भाद्र २०७७, बुधबार १९:०६
खबरइरा संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काकडभिट्टा इनरुवा रेलमार्गको प्रक्रिया तत्काल रोकेर छानविन गर्न माग गर्नुभएकाे छ । वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ती निकाल्दै तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नभएकाे छ ।

वरिष्ठ नेता पौडेलले निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको जिम्मा दिने सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको स्पष्ट भएको समेत विज्ञप्तीमा उल्लेख गर्नभएकाे छ । उहाँले आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नुले समेत भ्रष्टचार भएको स्पष्ट हुने बताउनुभएकाे छ ।

वरिष्ठ नेता पौडेलले रेलमार्ग निर्माण परियोजनाका लागि निर्माण स्थलको धरातल तय नभइकन सार्वजनिक खरिद ऐन तथा खरिद नियमावली विपरीत खुला प्रतिष्पर्धा नगराई केहि निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरि ठेक्का दिनु अनुचित भएको बताउनुभएकाे छ । उहाँले निश्चित ठेकेदारलाई फाइदा पुग्ने गरि राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्न अनुचित भएको बताउनुभएकाे छ ।

वरिष्ठ नेता पौडेलले रेलमार्गमा पर्ने बजार क्षेत्रको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपयोग गरेको जग्गाको मुआब्जा वितरण समेत नगरि निर्माणका ठेक्का लगाउनु सर्वथा गलत भएको बताउनु भएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share