शनिबार, कार्तिक १५, २०७७

मुगुमा भेटियो नक्कली नोट

१६ भाद्र २०७७, मंगलवार २०:००
विनाेदकुमार मल्ल

मुगु । जिल्लााको एक बाणिज्य बैकमा कारोवार गर्न आएका सेवाग्राहीबाट बैकले नक्कली एक हजारको नोट फेला पारेको छ । मंगलबार छायाँनाथ रारा नगरपालिका वडा नं १३ का सुरथ बहादुर रावतले आफ्नो खातामा जम्मा गर्न ल्याएको १००० को नोटमा शंका लागेपछि राष्ट्रिय बाणिज्य बैक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको नगद सहायक सरोज न्यौपाने जानकारी गराउनु भयो ।

१००० को एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरि सकेर घर फर्किसकेपछि अन्य नोट भन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको बताईएको छ ।

भेटिएको नोटमा सक्कली नोट भन्दा तौल कम भएको, रंग फिंंक्का देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागज जस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको, नोटको विचमा रहेको सिल्भर चम्किलो रेखा नभएको पाईएको नगद सहायक न्यौपानेले बताउनु भयो ।

छायाँनाथ रारा नगरपालिका वडा नं १३ भट्टेचौर पुलमा रहेको होटेलमा सोमबार खसी काटेको र मासु लिनआउने ग्राहक मध्ये कसैले उक्त नोट दिएको रहेछ मंगलबार होटेलमा आएका सबैले उक्त नोट नक्कली भएको भनेपछि आफुले बैकलाई बुझाएको सुरथ बहादुर रावतले बताउनु भयो ।

बैकमा नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका साथै नेपाल राष्ट्र बैकलाई समेत जानकारी गराएको बैकले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share