आइतवार, कार्तिक ९, २०७७

स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेक सबै सेवा बन्द

१२ भाद्र २०७७, शुक्रबार १६:२७
बिमला खड्का

सुर्खेत । प्रदेश अस्पताल सुर्खेत र जाजरकोट अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिएपछि ती अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा एक साताका लागि बन्द गरिएको छ ।

प्रदेश अस्पतालमा कार्यरत दुई जना विशेषज्ञसहित छ जना डाक्टरमा कोरोना कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । अन्य एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले डाक्टरहरुमा कोरोनाको संक्रमण देखिएपछि सेवा लिन आउने व्यक्तिहरुमा कोरोना संक्रमणको जोखिम बढेकाले एक सातासम्मका लागि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिनुभयो ।

प्रदेश अस्पतालमा यस अघि पनि तीन जना डाक्टरमा कोरोना संक्रमण देखिएको थियो । त्यस समयमा पनि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको थियो । कोरोना संक्रमण थप फैलिन नदिन एकसाताका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको र त्यस पछिको अवस्था हेरेर सेवा प्रवाह गरिने उहाँको भनाई छ ।
अहिले प्रदेश अस्पतालमा स्थापना गरिको कोरोना विशेष अस्पतालमा २९ जनाको उपचार भइरहेको छ । यसैगरी जिल्ला अस्पताल जाजरकोटमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत चार जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै सेवा बन्द गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनिल पुनले चार जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट आउन बाँकी रहेकोले थप संक्रमण फैलिन नदिन अस्पतालको आकस्मिक बाहेकका सवै सेवा अनिश्चिततकालका लागि बन्द गरिएको बताउनु भयो ।

स्वास्थ्यकर्मीहरु धेरैको सम्पर्कमा आउने र बिरामीको समेत उपचार गर्न खटिनुपर्ने भएकोले छिटो परीक्षणको ब्यवस्था मिलाई दिन अनुरोध गरेका छौ, डा. पुनले भन्नुभयो । केही दिन अघि मात्र स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, बैंकका कर्मचारी र स्थानीय गरी १९ जनामा कोरोना संक्रमण देखिएपछि सदमुकाम खलंगा मंगलवारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share