शनिबार, कार्तिक ८, २०७७

बुवाको स्मृतिमा एक लाख सहयोग

२३ श्रावण २०७७, शुक्रबार २०:१९
खबरइरा संवाददाता

सुर्खेत । सुर्खेतका पत्रकार रमेश शाहीले आफ्ना बुवा दलबहादुर शाहीको स्मृतिमा तीन जना मृगौला पीडित र साझा घरलाई आर्थिक सहयोग गर्नुभएको छ । तीन जना मृगौला पीडितलाई ३०र३० हजार रुपैयाँका दरले र वीरेन्द्रनगर–९ स्थित साझा घर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरिएको हो ।

आर्थिक अभावमा डायलाइसिस समेत गर्न नसकेका मृगौला पीडित गुर्भाकोट नगरपालिका–५ का युवराज गाहा, वीरेन्द्रनगर–२ का राम बहादुर खत्री र वीरेन्द्रनगरकै प्रभात पन्तलाई सहयोग गरिएको हो ।

शुक्रबार पत्रकार शाही र उहाँकी आमा सरस्वती शाहीले पीडितहरुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । हरेक वर्ष बुवाको स्मृतिमा यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने पत्रकार शाहीले बताउनुभएको छ ।

यस्तै घरभाडा र खाद्यान्नको अभाव झेल्दै आएको वीरेन्द्रनगर–९ स्थित साझा घर नेपालका सेवक तपेन्द्र विकलाई उक्त रकम हस्तान्त्रण गरिएको हो । पत्रकार शाहीका स्वर्गीय बुवा दलबहादुर शाहीको गत साल साउन २० गते क्यान्सर रोगबाट मृत्यु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share