सुर्खेतका युवा व्यवसायी कांग्रेसमा प्रवेश
२३ श्रावण २०७७, शुक्रबार १७:४६सुर्खेत । सुर्खेतका दुई युवा व्यवसायी कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रवार कांग्रेस सुर्खेतको कार्यालयमा एक कार्यक्रमका वीच युवा व्यवसायी कृष्ण जिसी र विजय भण्डारी कांग्रेसमा प्रवेश गरेका गर्नुभएको हो ।
नवप्रवेशीलाई कांग्रेसको सदसयता प्रदान गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले राजनीतिमा विरासतको महत्वपूर्ण याेगदान हुने बताउँदै पूर्व जिल्ला विकास समितिका सभापति ओमबहादुर जिसीका छोरा कृष्ण जिसीको कांंग्रेसमा प्रवेशले पार्टीलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै उहाँले अर्का युवा व्यवसायी विजय भण्डारी कांग्रेसमा प्रवेश गर्नुले कांग्रेस प्रति युवाहरुको आकर्षण बढेको बताउनु भयो ।
नेपाली कांग्रेस सुर्खेतका पार्टी सभापति कमलराज रेग्मीले कांग्रेसमा युवा पुस्ताका लागि प्रयाप्त स्थान भएकाले समयकाे माग बमाेजिम सबैलाई भूमिका दिन आफु तयार रहेको बताउनु भयो ।
नवप्रवेशी कृष्ण जिसीले कुरा भन्दा काम गरेर देखाउनका लागि आफु पुरानो पार्टी कांग्रेसमा सहभागि भएको बताउनु भयो भने नेकपा छोडेर कांग्रेसमा प्रवेश गर्नुभएका विजय भण्डारीले दुई तिहाई मत प्राप्त गरेको पार्टीले देशको समस्या समाधान गर्न ध्यान नदिएको हुनाले पुरानो पार्टी नेपाली कांग्रेसले मात्रै अब देशको हित गर्ने विश्वासका साथ कांग्रेसमा प्रवेश गरेको र पार्टीमा सक्रियता पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।