मङ्लबार, कार्तिक ११, २०७७

सेवाभाव सहित काम गर्नुस्: मुख्यमन्त्री शाही

२३ श्रावण २०७७, शुक्रबार १७:१३
बिमला खड्का

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीमा सेवाभाव सहित काम गर्न कर्मचारीहरुलाई निर्देशन गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा गोष्ठिलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा रहेको गरीवि, भौगोलिक विकटता र अविकासको अवस्थालाई हेरेर उच्च सेवाभाव सहित काम गर्नुपर्नेमा जोड दिनुभयो ।

तुलनात्मक रुपमा अघिल्ला आर्थिक वर्षहरुभन्दा मन्त्रालयको प्रगति सुधार भएको भएपनि सन्तोषजनक नरहेको वताउदै मुख्यमन्त्री शाहीले मन्त्रालय एवं मातहतका निकायको कार्यक्षमतामा वृद्धि गर्नुपर्ने वताउनुभयो । उहाँले कर्मचारीहरुको उत्प्रेरणाका लागि सरकारले कार्यसम्पादनको आधारमा प्रोत्साहन प्याकेज ल्याउने जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले जागिरको लागि काम गर्ने मानसिकता परिवर्तन नभएसम्म विकास र समृद्धिको अभियानले सार्थकता नपाउने वताउनुभयो । ‘जसको छाक काटेर तलव आउछ, उसको अनुहारमा खुशी ल्याउनु हाम्रो दायित्व हो ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘आधारभुत वर्गका जनताको आर्थिक जीवनमा समृद्धि नआएसम्म कागजमा देखाईने प्रगतिको कुनै औचित्य छैन ।’

मुख्यमन्त्री शाहीले विगतका वर्षहरुमा देखिएका कमीकमजोरीवाट पाठ सिकेर चालु आर्थिक वर्षको योजना कार्यान्वयनलाई प्रभावकारी वनाउन निर्देशन दिनुभयो । उहाँले चालु आर्थिक वर्षको अख्तियारी सम्वन्धित कार्यालयमा पुगिसकेको वताउदै वजेट अख्तियारी, संरचना र कर्मचारी अभावको कारण देखाएर कमजोर कार्यक्षमताको ढाकछोप नहुने वताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share