शनिबार, कार्तिक १५, २०७७

गर्भवतीलाई हेलिकप्टरद्वारा उद्धार

२२ श्रावण २०७७, बिहीबार १६:४०
रासस

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो । अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share