शुक्रबार, कार्तिक ७, २०७७

आन्दोलनको तयारी गरौं : अध्यक्ष थापा

१८ श्रावण २०७७, आईतवार २०:०९
खबरइरा संवाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । पार्टी सम्वद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको भन्दै कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता बिषयलाई लिएर सडकमा जान कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।

मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकोले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको चर्चा गर्दै थापाले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नु पर्ने आवश्यकता औल्याउनु भयो । पार्टी एकतासँगै जनवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले साँगठनिक सुदृढिकरणका गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । सिद्धान्त निष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघन रुपमा संचालन गर्न निर्देशन दिनुभयो ।

नेकपा र नेपाली काँग्रेसको विकल्पको रुपमा राप्रपालाई जनताले हेरिरहेको भन्दै थापाले जनताको माझबाट जनअनुमोदित गराएर एजेण्डालाई स्थापित गरि छाड्ने दृढताव्यक्त गर्नुभयो । सो अवसरमा विभिन्नज नवर्गीय संगठनका प्रमुखहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो भने पार्टी नेताहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share