हिमामा नेकपाको किल्ला भत्काउने कांग्रेस नेता शाहीकाे दाबी
१६ श्रावण २०७७, शुक्रबार १३:२६जुम्ला। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले आगामी निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा नेकपाको किल्ला भत्काउने दाबी गरेका छन्।
नेपाली कांग्रेस जुम्लाले हिमा गाउँपालिकामा मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शाहीले यस्तो दाबी गरेका हुन् । नेता शाहीले भने, ‘जनताले नेकपालाई राम्रोसँग चिन्ने अवसर पाएको र नेकपाबाट विचलित बनेका नेता कांग्रेसमा प्रवेश गरेको कारण पनि आगामी निर्वाचनमा नेकपाको किल्ला भत्काउने छौं।’
नेकपा जुम्लाका युवा नेता उपराज अधिकारीले कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै अधिकारीसहित विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका एक सय २९ जनालाई स्वागत गर्दै नेता शाहीले नेकपाको सरकारले जनताको हितमा काम गर्न नसकेको बताए।
उपराज अधिकारी २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट हिमा गाउँपालिका वडान ६ वडा अध्यक्षमा ८ मतले पराजित उमेदवार हुन। अधिकारीसहित एक सय २९ जना कांग्रेसमा प्रवेशले कांग्रेस जुम्लाले खुशी व्यक्त गरेको छ।