आइतवार, कार्तिक ९, २०७७

आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई ढोका खुला : डा.कोइराला

१३ श्रावण २०७७, मंगलवार ११:०५
खबरइरा संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताउनुभयो । कोइराला निवासमा भएको पार्टी प्रवेश कार्यक्रममा बाेल्दै महामन्त्री कोइरालाले साे कुरा बताउनु भएकाे हाे ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पा लगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो । कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गर्नुभयो ।

सुनिल थापालाई सहमहामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भन्नुभयो ‘पञ्चायत छाडेर सुर्यबहादुर थापा नै कांग्रेसमा आउँदा बीपीले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो’ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उहाँको भनाई थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share