बिहिबार, कार्तिक ६, २०७७

सोरु गाउँपालिकामा ४ करोड ८५ लाख बजेट फ्रिज

९ श्रावण २०७७, शुक्रबार २०:४९
विनाेदकुमार मल्ल

मुगु । सोरु गाउँपालिकामा कर्मचारी र जनप्रतितिधिको लापरर्वाहीका कारणले ४ करोड भन्दा बढी बजेट फ्रिज गएको छ । समयमा विकास निर्माणका काम संचालन नहुँनु र गाउँपालिका अध्यक्ष र कर्मचारी बिच आरोप प्रत्यारोप जस्ता कारणले बजेट फ्रिज गएको पाइएको हो ।

विकास निर्माण तर्फको ४ करोड ८५ लाख बजेट फ्रिज गएपछि उपभोक्ता मर्कामा परेका छन् भने दर्जनौ विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् । रकम झिक्न गाउँपालिकामा पुगेका उपभोक्ता समितिका पदाधिकारी निन्याउरो मुख लगाएर रित्तो हात घर फर्किन बाध्य भएका छन् ।

कर्मचारीहरुले समयमा काम गर्न नसक्दा बजेट फ्रिज गएको सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले आरोप लगाउनु भयो ।

गत आर्थिक वर्षको बजेट खर्च गर्नको लागि समयमा नै अख्तियारी आएको भएपनि कर्मचारी र पालिका अध्यक्ष बिचको आपसि विवाद भई कार्यपालिकाको बैठक बस्न नसकेर ढिलाई भएका कारण कर्णाली प्रदेश सरकारबाट आएको रु ४ करोड ६९ लाख र संसद विकास कोषको रु १६ लाख गरि जम्मा ४ करोड ८५ लाख बजेट फ्रिज गएको सोरु गाउँपालिका अध्यक्ष शाहीले बताउनु भयो ।

संघीय मामिल तथा सामान्य प्रशासन मंत्रालयले आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरवदल गरेपछि विकास बजेट खर्चिन मुश्किल परेको बताईएको छ ।

असार मसान्तको बेला सोरु गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुँदा त्यसको असर विकास बजेट तर्फ परेको हो । विकासको हिसाबले मुगुकै पछि परेको सोरुभेगको करोडौ बजेट फ्रिज गएपछि दुरदराजका जनता मारमा परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share