बिहिबार, कार्तिक १३, २०७७

सुकेको सात वर्षपछि ढुङ्गे धारामा पानी

६ श्रावण २०७७, मंगलवार ११:२८
विनाेदकुमार मल्ल

मुगु । नेपालकै ठूलो एवं रमण्ीाय ताल रारा ताल नजिकैे छाप्रु ठकुरी बस्तीमा रहेको ऐतिहासिक ढुङ्गे धारा सुकेको सात वर्षपछि पुनः पानी आउन थालेको छ ।

पानी सुकेपछि रारा ताल किनार भएर पश्चिम खत्यड भेग र सदरमुकाम गमगढी आवत जावत गर्ने बटुवाका साथै रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक शुद्ध खाने पानी पिउनबाट बन्चित हुँदै आएका थिए ।

२०७० सालमा त्यहाँ रहेका दुई वटै ढुङ्गे धाराको पानी आउन बन्द भएपछि छायाँनाथ रारा नगरपालिका वडा नं ९ का स्थानीय समाजसेवी एवं मष्टा कुलदेवता प्रतिष्ठानका अध्यक्ष बृष बहादुर रोकायाको अगुवाईमा मुर्मा गाउँका स्थानीयले रारा तालको नजिकै रहेको दक्षिण दिशातिर पर्ने छाप्रु महादेबको मन्दिरमा आत्म शान्ती, विश्व शान्ती र शुद्धताको लागि २०७६ साल बैशाख १ गते देखि ७ गते सम्म महादेवको पुजा आजाको आयोजना गरिएको थियो ।

पुजाआजा गरेको एक वर्ष भित्रमा सुकेका धारामा पानी आउन थालेको मुर्मा गाउँका स्थानीय बृष बहादुर रोकायाले बताउनु भयो ।

ऐतिहासिक महत्वको रुपमा रहेका मुग्रा नामले चिनिने धाराहरु पाँच भाई पाण्डपले बनाएको धार्मिक विश्वास रही आएको छ । पुरानो कला शैलीबाट बनेका ति दुई वटै धाराको हाल संरक्षण र सम्वद्र्धन गर्न आवश्यक देखिएको छ । पर्यटकीय हिसावले पनि अत्यन्तै महत्वपुर्ण रहेका ति सुकेका ऐतिहासिक ढुङ्गे धाराबाट पानी आउन थालेपछि रारा आउने जोसुकै मानिसको लागि सहज भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share