शुक्रबार, कार्तिक ७, २०७७

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजार भन्दा बढीको मृत्यु

३० असार २०७७, मंगलवार १७:१६
रासस/एएफपी

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ९ हजार ९७२ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४९ लाख ५५ हजार १४२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५९ हजार २०९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ९७ हजार ४८३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३८ हजार २४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २९ लाख ३१ हजार ९५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६ हजार ४९९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७५ हजार ५९४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८७ हजार १२२ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ९३ हजार ५५८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ । एसिया ३० लाख २० हजार ८०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७१ हजार ५५५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख १४ हजार ४३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ५०४ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share