शुक्रबार, कार्तिक १४, २०७७

कांग्रेसको बहिस्कारका कारण प्रदेश सभा बैठक स्थगित

२० असार २०७७, शनिबार १६:२३
बिमला खड्का

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिस्कार पछि आजको कर्णाली प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

बजेट अधिवेशनको आज २३ औं बैठक चलिरहेको छ । तर, कांग्रेसका कुनै पनि सदस्य सभामा उपस्थिति नभएकै कारण बैठक स्थगित भएको हो ।

कांग्रेस संसदीय दलका नेता जीबनबहादुर शाहीले बजेटका विषयमा पटक–पटक उठाईएका विषयमा सम्बोधन नभएकाले बैठकमा अनुपस्थित भएको जनाउनु भएको छ । उहाँले संसदमा फरक परेका मन्त्रालयहरुले मन्त्रालयगत रातो किताव नल्याएका कारण आफुहरु उपस्थित नभएको बताउनुभयो । आफुहरुले संसद बहिष्कार नगरेको भन्दै आफ्ना माग अनुसार मन्त्रालयगत योजनाको रातो किताव नआएकाले संसदमा भाग नलिएको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमाथि असन्तुष्टि जनाउँदै आएको कांग्रेसले बजेटमाथिको छलफलका क्रममा असार १० गतेदेखि नै पटक–पटक संसद अवरुद्ध गर्दै आएको छ । प्रतिपक्षको अवरोधपछि प्रदेशसभाको १० गतेको बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । १० गते सहमति जुट्न नसकेपछि असार ११ गतेकालागि तोकिएको बैठकपनि आफ्ना माग पुरा नभएसम्म चल्न नदिने अडान कांग्रेसले राख्यो ।

कांग्रेसको अडानपछि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठकमा समेत सरकारले प्रतिपक्षको माग पुरा नगरेपछि कार्यव्यवस्था परामर्श समितीको बैठक बसी २० गते सम्मका लागि संसद बैठक सारिएको थियो । शनीबारको बैठकमा कांग्रेस सांसदहरु उपस्थित नै भएनन् ।

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बैठकमा सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेशसभा सचिवालयको बजेट र योजनामाथि दफावार छलफल भएको छ ।

कर्णाली प्रदेशसभामा रहेका ४० सांसदमध्ये ३३ जना नेकपा, ६ जना नेपाली कांग्रेस र १ जना राप्रपाका सांसद रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share