आइतवार, कार्तिक ९, २०७७

प्रदेश अस्पतालकाे ओपीडी सेवा आइतवारदेखि पुनः संचालनमा

१९ असार २०७७, शुक्रबार १६:१९
बिमला खड्का

सुर्खेत । प्रदेश अस्पतालका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमण भएपछि एक सातादेखि बन्द रहेको ओपीडी सेवा आइतवारदेखि पुनः संचालनमा आउने भएको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काले ओपीडी सेवा आइतवारदेखि पुनः संचालनमा आउने जारी दिएका छन् ।

कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालको ओपीडी सेवा केही समय बन्द रहेकोमा अव आइतवारदेखि पुनः संचालन गरिने चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई जानकारी गराइएको छ । अस्पतालका चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीहरुलाई कोरोना सङ्क्रमण भएपछि थप बढ्न नदिन अस्पतालले एक साता अगाडि ओपीडी सेवा बन्द गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share