मङ्लबार, कार्तिक ४, २०७७

कर्णालीमा कोरोना जित्नेको संख्या एघार सय २७ पुग्यो

१८ असार २०७७, बिहीबार १८:२७
बिमला खड्का

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा निको हुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । बिहीवारसम्म करिव एक हजार एकसय २७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । गत जेठ ५ गतेदेखि कर्णालीमा कोरोना सङ्क्रमण सुरु भएको थियोभने जेठ २३ गतेदेखि निको भएकाहरु घर फर्कन थालेका थिए ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवारसम्म रोगबाट निको भएर घर फर्कनेहरुको संख्या ११ सय २७ पुगेको छ । रोगबाट निको हुनेको संख्या पनि दिनदिनै बढ्न थालेको छ । महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार बिहीवार मात्रै ४९ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । लेकवेशी आइसोलेशनबाट ३३ जना, गुर्भाकोट आइसोलेशनबाट ९ जना, सिम्ता आइसोलेशनबाट ३ जना, प्रदेश अस्पतालबाट २ जना, सालकोट आइसोलेशनबाट २ जना गरी जम्मा ४९ जना डिस्चार्ज भएका हुन् ।

थप ६ संक्रमित

यसैगरी कर्णालीमा बिहीवार थप ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल बाँके र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कोरोनाका ६ जना संक्रमित फेला परेका हुन । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ५ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ का ५२ वर्षिय पुरुष, ४ का ३३ वर्षिय पुरुष र ८ का ३४ वर्षिय महिला गरि ३ जना रहेका छन् । दैलेख महावु गाउँपालिका ४ का २५ वर्षिय पुरुष १ जना र स्याङ्जा वालिङ नगरपालिका ६ का १ जना रहेको डा. तिवारीले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट पलाँता गाउँपालिका ३ का २३ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

कर्णालीमा सवैभन्दा धेरै दैलेखमा सङ्क्रमित रहेका छन् । दैलेखमा ७६६ जना, सुर्खेतमा ३५७ जना, सल्यानमा १९२ जना र कालीकोटमा ५० जनामा कोरोना सङ्क्रमित रहेका छन् । जुम्लामा ३१, जाजरकोटमा १३, मुगुमा तीन, हुम्ला तथा डोल्पामा तीन र पश्चिम रुकुममा १० जना सङ्क्रमित रहेको महाशाखाले जनाएको छ ।

कोरोनाबाट कर्णालीमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । दैलेखका तीन, सुर्खेतका दुई र डोल्पाका एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

 

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share