बिहिबार, कार्तिक ६, २०७७

मुगुमा वि.पी स्मृति भवनको शिलान्यास

१८ असार २०७७, बिहीबार १६:५४
विनाेदकुमार मल्ल
57 Shares

मुगु । नेपाली काँग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको नामबाट स्थापित वि.पी स्मृति प्रतिष्ठानको भवन निर्माणको शिलान्यास गरिएको छ ।

छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा मुगु जिल्लाको सदरमुकाम गमगढीमा विहीबार भवन निर्माणका लागि शिलान्यास गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा भवन निर्माणका लागि ४३ लाख रकम विनियोजन गरेको थियो सोही रकम अनुसार भवन निर्माणको लागि नगर प्रमुख हरिजंग शाहीले शिलान्यास गर्नु भएको हो ।

२ तलाको बन्ने उक्त भवनको डिजाईन ईस्टमेट अनुसार कुल लागत ८३ लाख भएपनि यो वर्ष पहिलो तला ४३ लाखमा बन्ने बताईएको छ । मुगुको सदरमुकाम गमगढी स्थित छायाँनाथ रारा नगरपालिका वडा नं. २ मा उक्त भवन बन्न लागेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
57 Shares
Tweet
Pin
Share