सोमवार, कार्तिक १०, २०७७

कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५ पुग्यो

९ असार २०७७, मंगलवार १६:०७
बिमला खड्का

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) का कारण कर्णालीमा १ जनाको मृत्यु भएको छ । यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको प्रदेश अस्पतालमा कोरोना संक्रमणका कारण सोमवार साँझ निधन भएको हो ।

प्रदेश अस्पतालमा कार्यरत कोरोना फोकल पर्सन डा. के.एन पौडेलका अनुसार ती ब्यक्तीलाई क्षयरोग बिरामीका कारण असार ३ गते प्रदेश अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो । कोरोना परीक्षण गर्दा ४ गते उनमा कारोना संक्रमण पुष्टि भएको डा. पौडेलले जानकारी दिनुभयो । ‘उहाँ असार ३ गते यहाँ भर्ना हुनुभएको थियो । ४ गते टेष्ट गर्दा रिर्पोट पोजेटिभ देखियो पौडेलले भन्नुभयो त्यसपछि हामीले कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं,’ सोमबार साँझ नै उहाँकाे मृत्यु भयो ।’

ती ब्यक्तीको सुर्खेतमै अन्त्येष्टि गर्ने तयारी भएको डा. पौडेलले जनाउनुभयो । उहँँका अनुसार नेपाली सेनाको टोली अन्त्येष्टिका लागि तयारी अवस्थामा रहेका छन् । मृतकका श्रीमती उनीसँगै अस्पताल आएपनि उनलाई भने कोरोना नेगेटिभ देखिएको छ ।

कर्णालीमा थप एकजनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक÷एकजनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share