शुक्रबार, कार्तिक १४, २०७७

रसुवाबाहेक सबै जिल्लामा कोभिड-१९ सङ्क्रमण

८ असार २०७७, सोमबार १७:२२
रासस

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण आज ५३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको बताउनुभयो ।

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको छ । तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । उहाँले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको बताउनुभयो ।

यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पिसिआर छ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ । यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share