बिहिबार, कार्तिक १३, २०७७

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

८ असार २०७७, सोमबार १६:४६
बिमला खड्का

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको संख्या एक हजार २ सय नाघेको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार सोमवार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ सय ८२ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।

महाशाखा प्रमुख डा. तिवारीका अनुसार कूल सङ्क्रमितमध्ये दैलेखमा मात्र हालसम्म ७१४ जना रहेका छन्भने सुर्खेतमा २९७ जना रहेका छन् । त्यस्तै सल्यानमा १७३, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई, हुम्लामा दुई र डोल्पामा र रुकुम पश्चिममा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

सोमवार नै रुकुम पश्चिम चौरजहारी अस्पतालबाट ९ जना, सालकोट आइसोलेसन सेन्टरबाट ६ जना, मेहेलकुना अस्पतालबाट ५ जना, गरी कूल २० जना नयाँ संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै हालसम्म कर्णाली प्रदेशमा कोरोनाको उपचारबाट निको भएर जानेको संख्या ५५१ पुगेको छ्भने कोरोना संक्रमणबाट चार जनाको मृत्यु भईसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share