शुक्रबार, कार्तिक १४, २०७७

कर्णालीमा ११ सङ्क्रमित थपिए, ५३१ डिस्चार्ज

७ असार २०७७, आईतवार १५:१८
बिमला खड्का

सुर्खेत । कर्णाली प्रदेशमा आज ११ जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् ।

प्रदेशको सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखमा २, सल्यान ६, रुकुम पश्चिम १ र सुर्खेतमा २ जना गरेर कूल ११ जना सङ्क्रमित थपिएकाे जानकारी दिनुभयाे ।

उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ सय ५६ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये सल्यानकोे वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर २, ३, ५ र ६ मा एक-एक जना र वडा नम्बर ४ मा दुई जना रहेका संक्रमित रहेका छन् ।

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ७ र ८ मा एक-एक जना र दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा दुई जना संक्रमित छन् ।

यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जनाउनुभयो ।

सामाजिक मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७११ पुगेको छभने सुर्खेतमा २७९ पुगेको छ । सल्यानमा १६९, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा दश, मुगुमा दुई, रुकुम पश्चिममा १, हुम्ला र डोल्पामा एक-एक जना संक्रमित फेला परेका छन् ।

त्यसैगरी आइतवार नै प्रदेश अस्पताल सुर्खेतबाट १ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसनबाट ३ जना, नौमुले आइसोलेसन दैलेखबाट ७ जना, जाजरकोट आइसोलेसनबाट १ जना गरी कुल १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ सय ३१ पुगेको छ । यद्यपी कर्णालीमा ४ जनाको भने कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share