शनिबार, कार्तिक ८, २०७७

भारतीय प्रधानमन्त्री मोदीद्धारा रोजगार योजना शुरु

६ असार २०७७, शनिबार २०:४७
रासस/पिटिआई

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार रोजगार योजना शुरुवात गर्नुभएको छ । विषेश गरी बसाई सरेर आएका कामदारलक्षित यस्तो योजनाको शुरुवात गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसका कारण लकडाउन लागु भएपछि धेरै कामदारहरुको रोजगारी गुमेकाले सरकारले रोजगार योजना शुरु गर्नु परेको हो । सो योजनालाई ‘गरिब कल्याण रोजगार अभियान’ नाम दिइएको छ । यस योजना अन्तर्गत विषेश गरेर ग्रामिण क्षेत्रमा काम गर्नका लागि प्रेरित गरिने भएको छ ।

कोरोनाभाइरसले ग्रमिण क्षेत्रको महत्व र ग्रामिण क्षेत्रलाई आधार बनाउनु पर्छ भन्ने सिकाएको पनि प्रधानमन्त्री मोदीले बताउनुभयो । शहरबाट गाउँ फर्केकाहरुलाई गाउमै सहयोग गर्नका लागि रोजगार योजनामार्फत् विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने उहाँको भनाई छ ।

क्षमतावान व्यक्तिहरु गाउँमा बसेर काम गरेमा आर्थिक बृद्धिदर तिब्र गराउन पनि ठूलो सहयोग पुग्ने प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्नुभयो । शहरबाट गाउँ गएकाहरुलाई घरनजिकै रोजगारी दिलाउने र गाउँको विकासमा लगाउने सरकारको मुख्य प्राथमिकताको विषय भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री मोदीले ग्रामिण क्षेत्रको भौतिक विकासमा पनि सरकारले विषेश जोड दिने जानकारी गराउदै गाउँ गाउँमा इन्टरनेट पु¥याईने बताउनुभयो । गरिब कल्याण रोजगार अभियानको शुरुवात प्रधानमन्त्री मोदीले विहारको कतिहारबाट अनलाईन भिडियोमार्फत् गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा विहार, मध्यप्रदेश, उत्तर प्रदेश, राजस्थान र झारखण्ड प्रदेशका मुख्यमन्त्रीहरु र उडिसाका मुन्त्री सहभागी हुनुभएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share