मङ्लबार, कार्तिक ४, २०७७

कर्णालीमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै

५ असार २०७७, शुक्रबार १६:१४
बिमला खड्का

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण कर्णाली प्रदेशमा हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित प्रदेशमा बढेर १२ सय ३३ पुगेको छ ।

प्रदेशको दुल्लुमा पहिलो पटक गएको जेठमा पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । भारतवाट फर्किनेहरु बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर ह्वात्तै बढ्दै गएको छ ।

प्रदेशको सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार शुक्रवार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखमा २, जाजरकोट १ र सुर्खेतमा ६ जना सङ्क्रमित थपिएका हुन् ।

दैलेख भैरवी गाउँपालिका १४ र १७ वर्षका पुरुष रहेका छन् । त्यसैगरी जाजरकोट छेडागाड नगरपालिका ४ का ३८ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको छभने सुर्खेत भेरीगंगा नगरपालिका १ का १८ र २६ वर्षका पुरुष, भेरीगंगा नगरपालिका २ का ४८ वर्षका पुरुष, भेरीगंंगा नगरपालिका ६ का २५ वर्षका पुरुष, भेरीगंगा नगरपालिका ८ का २१ वर्षका पुरुष र भेरीगंगा नगरपालिका ११ का ३६ वर्षका महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ७२४ पुगेको छभने सुर्खेतमा २७७ पुगेको छ । सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा नौ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक-एक जना संक्रमित फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित फेला परका छैनन् ।

बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको महाशाखाले जनाएको छ ।

त्यसैगरी शुक्रवार नै मेहेलकुना अस्पतालबाट १ जना, कालिकोट आइसोलेसनबाट २ जना गरी कुल ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ सय ८ पुगेको छ ।

भारतवाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाई व्यवस्थित र तोकिएको मापदण्ड अनुसार हुन नसक्दा सङ्क्रमणको जोखिम थपिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share