बिहिबार, कार्तिक १३, २०७७

कर्णालीमा कोरोना सङ्क्रमणबाट निको भइ घर फर्किनेको संख्या बढ्दै

३ असार २०७७, बुधबार १६:५७
बिमला खड्का

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट निको भइ घर फर्किनेको संख्या ४ सय ९४ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत दुल्लु अस्पताल, सल्यान अस्पतालबाट गरी हालसम्म ४ सय ९४ जना सङ्क्रमितहरु निको भइ घर फर्किएका हुन् ।

बुधवारमात्रै दैलेखको महावु गाउँपालिकाको आइसोलेसनबाट १ सय ६ जना, नारायण क्याम्पस, जिल्ला अस्पतालको आइसोलेसनबाट ४३ जना र प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनबाट ३ जना गरी कूल १ सय ५२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले यसअघि विभिन्न समयमा गरी ३ सय ४२ जना जना डिस्चार्ज भई घर गइसकेको बताउनुभयो । बुधवारसम्म कोरोना जितेर घर फर्कनेहरुको कूल संख्या ४ सय ९४ पुगेको र यो क्रम अझै बढ्ने महाशाखाले जनाएको छ । कोरोना जितेर घर फर्कनेहरुले आत्मबल बलियो बनाउन सके केही नहुने उहाँले बताउनुभयो ।

यसैगरी बुधवार कर्णालीमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप भएसँगै कर्णालीमा कूल सङ्क्रमितको संख्या ११ सय ४ पुगेको छ । बुधवार थप भएका १८ जनामा दैलेखका २, कालिकोटका १४ र सुर्खेतका २ रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सङ्क्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनुभयो ।

मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा सङ्क्रमितको संख्या ६३६ पुगेको छभने सुर्खेतमा २३७ पुगेको छ । यस्तै सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक-एक जना सङ्क्रमित फेला परेका छन् । रुकुमपश्चिममा अहिलेसम्म सङ्क्रमित फेला परेका छैनन् । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share