शनिबार, कार्तिक १५, २०७७

कर्णालीमा कोरोना संक्रमितको संख्या १०८६ पुग्यो

२ असार २०७७, मंगलवार १५:०७
बिमला खड्का

सुर्खेत । कर्णालीमा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीका अनुसार मंगलवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०८६ पुगेको हो । उहाँले संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखका ५ जना र सुर्खेतका ४ जनालाई कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

सामाजिक मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा ६३४ पुगेको छभने सुर्खेतमा २३५ पुगेको छ । सल्यानमा १३७, कालीकोटमा २८, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा दुई, हुम्ला र डोल्पामा एक÷एक जना संक्रमित फेला परेका छन् । रुकुम पश्चिममा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन्
यो संगै कर्णालीमा अहिलेसम्म कूल ३४२ जना उपचारबाट निको भएर घर फर्किएका छन् ।

मंगलवारमात्रै दैलेखको जिल्ला अस्पतालबाट १२० जना, दुल्लु अस्पतालबाट २७ जना र सल्यान अस्पतालबाट ४१ जना र सुर्खेतस्थित प्रदेश अस्पतालबाट तीन गरी कूल १९१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share