आइतवार, कार्तिक ९, २०७७

सांस्कृतिक एकताबाट राष्ट्रिय एकता

१ असार २०७७, सोमबार १६:२८
रासस

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएको बताउनुभएको छ ।

मगर समुदायको सांस्कृतिक चाड भूमे पर्वको उपलव्यक्षमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मगर समुदायलगायत स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ । मगर समुदायको परम्पराअनुसार प्राकृतिक प्रकोप नलागोस्, अन्नबालीको उब्जनी राम्रो होस् र रोगव्याधि नलागोस् भनी आफू बसोवास गर्ने भूमिलाई देउताको रुपमा पूजा गरी हरेक वर्षको असार १ गतेका दिन यो पर्व मनाइने गरिन्छ ।

विश्वव्यापी रुपमा पैmलिएको –कोभिड–१९ को विरुद्धमा अझ एकतावद्ध भई जुध्न, बर्षा याममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ती आउन सक्ने सम्भावनालाई मध्ययनजर गर्दै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सबैलाई प्रेरणा मिल्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share