मङ्लबार, कार्तिक ४, २०७७

कर्णालीमा ९ सय नाघ्यो कोरोना संक्रमित संख्या

३१ जेष्ठ २०७७, शनिबार १८:०९

सुर्खेत । कर्णाली प्रदेशमा ७० जना कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या ९ सय १६ पुगेको छ ।

शनिबार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सुर्खेतमा ४० र दैलखमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रलायको स्वास्थ्य महाशाखाले जनाएको छ । दैलेखमा कोरोना संक्रमितको संख्या ५ सय २ पुगेको छ्भने सुर्खेतमा नयाँ थपिएको संख्या सहित १ सय ९६ पुगेको छ ।

कर्णाली प्रदेशका अन्य जिल्लामा कोरोना भाइरस संक्रमित नभएको सामाजिक विकास मन्त्रालाय स्वास्थ्य महाशाखाका अधिकृत नवराज कंडेलले जानकारी दिनुभयो । सुर्खेतमा थपिएका गुर्भाकोट नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका १० जना, बराहताल गाउँपालिकाका ९, चौकुने गाउँपालिकाका ८ जना र वीरेन्द्रनगर नगरपालिकाका १ जना गरि ४० जना संक्रमित रहेकाे उहाँले बताउनुभयाे  ।

यसैगरी दैलखमा थपिएका आठवीस नगरपालिकाका २० जना, नौमुले गाउँपालिकाका ९ जना र डुङ्गेश्वर गाउँपालिकाका एक जना गरी ३० जना रहेको सामाजिक मन्त्रालय स्वास्थ्य महाशाखाका अधिकृत कंडेलले जनाउनुभयो । उहाँका अनुसार दैलेख अस्पतालबाट ५ जना र दुल्लु अस्पतालबाट ४ जना कोरोना संक्रमण परिक्षणबाट निको भएर घर फर्किएका छन् । यो संगै निको भएर जानेको संख्या ९१ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
4 Shares
Tweet
Pin
Share