मङ्लबार, कार्तिक ११, २०७७

कोरोना अस्पताल सञ्चालनमा

३० जेष्ठ २०७७, शुक्रबार १४:४२
रासस

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पताल परिसरमा निर्मित कोरोना अस्पताल सञ्चालनमा आएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ५० श्ययाको उक्त अस्पतालको आज यहाँ शुभारम्भ गर्दै सुदूरपश्चिममा कोरोनाको जोखिम हुन नदिन उच्च प्राथमिकताको साथ काम भैराखेको बताउनुभयो । “यहाँ स्वास्थ्य संस्थाहरुको निकै खाँचो रहेको छ ।” उहाँ भन्नुभयो, “अस्पतालमा आउने सङ्क्रमितलाई तिरस्कार गर्नुहुन्न ।” उहाँले सङ्क्रमितलाई उच्च मनोबल बढाउने कार्यमा सबैले जुट्नुपर्ने बताउनुभयो । “असाध्यै जटिल अवस्था छ । संसार सङ्क्रमित छ ।” उहाँले भन्नुभयो, “हाम्रोमा अरु प्रदेशभन्दा अहिलेसम्म सङ्क्रमण कम छ ।”

महाकाली अस्पताललाई उपप्रादेशिक अस्पतालका रुपमा विकास गर्न तयारीमा भइरहेको उहाँको भनाइ थियो । रु ९२ लाख ५४ हजारमा विपिन विल्डर्सले निर्माणको जिम्मा पाएको थियो ।

महाकाली अस्पतालले नयाँ सङ्क्रमित भएर आउने बिरामीले नवनिर्मित भवनमा राखिने जनाएको छ । हाल अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share