सोमवार, कार्तिक १०, २०७७

टिपर कर्णालीमा खस्दा २ को मृत्य, ६ वेपत्ता

२८ जेष्ठ २०७७, बुधबार १३:३४
खबरइरा संवाददाता

सुर्खेत । कालीकोटको नरहरीनाथ गाउँपालिका १ लालीघाटमा टिपर कर्णालीमा खस्दा २ जनाको मृत्य भएको छ भने ६ जना वेपत्ता भएका छन् ।

कालीकोटको रास्कोटका लागि भारतबाट आएकालाई लिएर जाने क्रममा ना ८ ख ५१३३ नम्बरको टिपर कर्णालीमा खस्दा दुई जनाको मृत्यु, ६ जना बेपत्ता, ४ जना घाइते र २७ जनाको सकुसल उद्दार गरिएको कर्णाली प्रदेश दंगा नियन्त्रण गण सुर्खेतका प्रहरी उपरीक्षक संजीवदास शर्माले जानकारी दिनुभएको छ ।

टिपरमा भारतबाट आएका ३९ जना सवार थिए । बुधबार विहान १० बजेर २० मिनेट जाँदा भएको उक्त टिपर दुर्घटनामा घाइते ४ जनाको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको र वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
9 Shares
Tweet
Pin
Share