शनिबार, कार्तिक १५, २०७७

सर्पले डसेको विरामीमा कोरोना संक्रमण, स्वास्थ्यकर्मी त्रसित

२८ जेष्ठ २०७७, बुधबार १२:३५
विमला खड्का
150 Shares

सुर्खेत । सर्पले डसेर उपचारकालागि प्रदेश अस्पताल ल्याइएका बराहतालका एक जना विरामीमा कोरोना सक्रमण पुष्टि भएको छ । पश्चिम सुर्खेतको बराताह गाउँपालिकाबाट सर्पले डसेर उपचारकालागि ल्याएका विरामीको कोरोना परीक्षण गर्दा सक्रमण पुष्टि भएको हो ।

गएराती करिव आठ वजे पश्चिम सुर्खेतको बराताल गाउँपालिकाले भेरी माध्यमिक विद्यालय तरंंगाको क्वारेन्टाइनमा वसेका एकलाई सर्पले डसेपछि थप उचारकालागि प्रदेश अस्पताल ल्याएको थियो । जसको पिसिआर परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएपछि आाकस्मिक कक्षमा खटिएका सवै स्वास्थ्यकर्मीहरुलाई रातीनै अस्पतालले बनाएको क्वारेन्टाइनमा राखिएको प्रदेश अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.डम्मर खड्काले जानकारी दिनुभएको छ । विरामी भारतबाट आएर वसेको क्वारेन्टाइनमा सर्पले डसेर उपचारलागि ल्याउँदा अस्पताललाई जानकारी नदिएको हुँदा समस्या भएको प्रदेश अस्पतालले मेसु डा.खड्काले बताउनुभयो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेको ११ दिनको दिन सर्पले डसेपछि उपचारका क्रममा अस्पताल ल्याइएको बताइएको छ । क्वारेन्टाइनको विरामी भएको बराहताल गाउँपालिकाका जनप्रतिनिधि र त्यहा खटिएका स्वास्थ्यकर्मीसमेतले जानकारी नदिएको मेसु डा खड्काले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनका विरामी भएको जानकारी दिएको भए छुटै राखेर उपचार गरिने व्यवस्था मिलाइने थियो । तर जानकारी नदिँदा आकस्मिाक कक्षमा खटिएका जनशक्ति घटेको र अव आउने विरामीलाई थप उपचार दिन समस्या हुने उहाँको भनाई छ ।

सर्पले डसेको बिरामीलाई संक्रमण भएको पुष्टि भएपछि प्रदेश अस्पतालको आकस्मिक कक्ष अहिले बन्द गरिएको छ । आकस्मिक कक्षमा भएका विरामीहरुलाई सेल्फ क्वारेन्टाइनमा वस्नु भन्दै पठाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा केएन पौडेलले बताउनुभयो । सर्पले डसेको बिरामीलाई ल्याउने एम्वुलेसन र सम्पर्क भएकाहरुको ट्रेसिङ गर्नुपर्ने फोकल पर्सन पौडेलले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
150 Shares
Tweet
Pin
Share