आइतवार, कार्तिक ९, २०७७

सुर्खेतमा व्यापारीकाे मौनजुलुश

२८ जेष्ठ २०७७, बुधबार ०८:५४
खबरइरा संवाददाता
859 Shares

सुर्खेत । बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले आज विहान मौनजुलुश प्रदर्शन गरेको छ ।

विहान ७ बजे मंगलगढी चौकबाट आवश्यक कोरोनाबाट बच्ने सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भौतिक दूरि कायम गरी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिएको हो ।

मंगलगढीबाट शुरु भएको मौन जुलुशसहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएको संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो ।

सुर्खेत उद्योग बाणिज्य संघको आह्वानमा गरिएको र्यालीमा ब्याज मिनाहा, घर भाडा छुट दिनुपर्ने नारा लेखेका प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको थियो ।

अढाई महिनाभन्दा लामो बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प भएको अवस्थामा निजी क्षेत्रलाई राहत दिनुको साटो झन आहत गर्न लागिएको भन्दै संघले चरणवद्ध आन्दोलनका क्रममा मौन जुलुश सहित विरोध प्रदर्शन गरिएको संघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
859 Shares
Tweet
Pin
Share