शनिबार, कार्तिक १५, २०७७

ब्याज, घरभाडा र महसुल मिनाहाकाे माग गर्दै मौनजुलुश प्रदर्शन गर्ने

२७ जेष्ठ २०७७, मंगलवार १९:४९
खबरइरा संवाददाता
106 Shares

सुर्खेत । बैंक ब्याज, घरभाडा र विभिन्न महशुलहरु छुट मिनाहाको माग गर्दै सुर्खेत उद्योग वाणिज्य संघले बुधबार विहान मौनजुलुश प्रदर्शन गर्ने भएको छ ।

विहान ७ बजे मंगलगढी चौकबाट आवश्यक कोरोनाबाट बच्ने सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भौतिक दूरि कायम गरी शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न लागिएको हो ।

मंगलगढीबाट मौन जुलुशसहित बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाउने कार्यक्रम रहेको संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो ।

र्यालीमा सहभागी हुन नसक्ने बजारभन्दा टाढाका उद्योगी व्यापारीलाई आ आफ्नो उद्योग र पसल अगाडि ब्याज मिनाहा, घर भाडा छुट दिनुपर्ने नारा लेखेका प्लेकार्डसहित उभिएर विरोध जनाउनपनि संघले आह्वान गरेको छ ।

अढाई महिनाभन्दा लामो बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प भएको अवस्थामा निजी क्षेत्रलाई राहत दिनुको साटो झन आहत गर्न लागिएको भन्दै संघले चरणवद्ध आन्दोलन गर्ने जनाएको छ ।

आर्थिक क्षेत्र नै अस्तव्यस्त हुने गरी महिनौंसम्म बन्दाबन्दी गरेर उद्योग व्यवसाय ठप्प हुँदापनि निजी क्षेत्रले प्रत्यक्ष महशुस गर्ने गरी राहत प्याकेज घोषणा नगर्नु सरकारको उदासिनता भएको अध्यक्ष रावतको आरोप छ ।

निजी क्षेत्रको जर्जर अवस्थालाई मध्यनजर गरी सरकारले तत्काल राहत प्याकेज घोषणा नगरे आप्mना उद्योग व्यवसायका चाबी राज्यलाई बुझाउने अडानपनि उहाँले राख्नुभयो ।

संघका महासचिव लक्ष्मण कंडेलले पनि निजी क्षेत्रको धैर्यताको बाँध फुटिसकेको टिप्पणी गर्दै निजी क्षेत्रको संयमतालाई कमजोरी नठान्न सरकारलाई सुझाव दिनुभएको छ ।

बन्दाबन्दीका कारण धराशायी हुने अवस्थामा पुगेको निजी क्षेत्रलाई राहत दिनुको साटो एकतर्फी रुपमा बलजप्mती कर तिर्ने दबाव मात्रै दिनुले पनि निजीक्षेत्र झनै हतोत्साही र निराश भएको उहाँको टिप्पणी छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
106 Shares
Tweet
Pin
Share