शनिबार, कार्तिक ८, २०७७

कोरोना संक्रमितलाई पुनः परीक्षण नगरी डिस्चार्ज गर्न परिपत्र

२४ जेष्ठ २०७७, शनिबार २१:१६
खबरइरा संवाददाता

काठमाडौं । कोरोनाबाट संक्रमितको अब न पुनः परीक्षण गरिने छ न लामो समयसम्म अस्पतालमा बस्नु पर्ने छ । कोरोना संक्रमितको लक्षण नदेखिएको तीन दिन पछि र अस्पताल वा आईसोलेसनमा भर्ना भएको १४ दिन पछि बिना परीक्षण डिस्चार्ज गरिने भएपछि बिरामीको अस्पतालको बसाई छोटिने भएको हो ।

कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले अवलम्बन गरेको कोरोना परीक्षण गाइड लाइन बमोजिम संक्रमित बिरामी समेत लामो समय अस्पतालमा बस्न नपर्ने भएको हो ।

कोरोना परीक्षण गाइड लाइन अनुसार स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा कोरोना बिरामी डिस्चार्ज सम्बन्धमा देश भरीका कोभिड अस्पतालहरुलाई गरिएको परिपत्रमा पोजेटिभ केसहरुको लक्षण नदेखिएको तीन दिन र जम्मा १४ दिनको भर्ना र आईसोलेसन पछि परीक्षण नगरी डिस्चार्ज गर्न भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share