शनिबार, कार्तिक ८, २०७७

कर्णाली प्रदेशका सात जनाले कोरोनालाई जितेर फर्किए

२३ जेष्ठ २०७७, शुक्रबार १८:३०
खबरइरा संवाददाता
329 Shares

सुर्खेत । कर्णाली प्रदेशका सात जनाले कोरोनालाई जितेर शुक्रबार घर फर्किएका छन् । कोरोनालाई जित्नेहरुमा सुर्खेतका पाँच, दैलेखका एक र बोल्न नसक्ने महिला एक गरी सात जना रहनुभएको छ ।

कोरोनालाई जितेर घर फर्कन पाएकोमा उहाँहरुले खुशी व्यक्त गर्नुभएको छ । सुर्खेतका एक पुरुषले कोरोना लागिहालेमा नआत्तिएर आत्मबल बलियो बनाउन सके पराजित गर्न सकिने बताउनुभयो । उहाँले शारीरिक व्यायाम, खानपानमा सचेत रहनुपर्ने पनि सुझाव दिनुभयो । कोरोनालाई जितेकोमा खुशी व्यक्त गर्दै उहाँले रोग लाग्नासाथ मरिन्छ भन्ने भावना हटाउनुपर्ने बताउनुभयो ।

६७ जना सङ्क्रमित रहेको सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा सात जना घर फर्किएपछि अब ६० जना सङ्क्रमित बाँकी हुनुहुन्छ । कोरोना विशेष अस्पतालका फोकलपर्सन डा. केएन पौडेलले सङ्क्रमितहरुको उपचारमा विशेष सजगता अपनाइएको जानकारी दिनुभयो । उहाँले यहाँका सङ्क्रमितहरुलाई आइसोलेशनमा राखेर उपचार गरिएको र आत्मबल बढाउने सुझावपनि दिइएको बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
329 Shares
Tweet
Pin
Share