शनिबार, कार्तिक १५, २०७७

थप एक सय सहित कर्णाली प्रदेशमा काेराेना संक्रमितकाे संख्या ४८९

२३ जेष्ठ २०७७, शुक्रबार १६:३६
खबरइरा संवाददाता

सुर्खेत । कर्णाली प्रदेशमा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९७ जना र सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा ३ जना गरी १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै कर्णालीमा कोरोना सङ्क्रमितको संख्या ४८९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले शुक्रबार दिउँसो प्रकाशित गरेको सूचना अनुसार दैलेखका मात्रै ९१ जनामा कोरोना पुष्टि भएको छभने जुम्लामा ३ जना, हुम्लामा १ जना, दाेलखा, रामेछाप र गाेरखा घर भएका १/१ जना, सुर्खेत १ जना र जाजरकाेट १ जना गरी थप १०० जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बिहीबार मृत्यु भएका पञ्चपुरी नगरपालिका १ सुर्खेतका १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताउनुभयो । यो सँगै कर्णालीमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २ पुगेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
5 Shares
Tweet
Pin
Share