आइतवार, माघ ४, २०७७

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

१५ जेष्ठ २०७७, बिहीबार २१:०३
रासस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिनुभयो । काँग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share