बाँके र मकवानपुरमा गरी थप ९ जनामा काेराेना संक्रमण
२ जेष्ठ २०७७, शुक्रबार ०९:३९काठमाडौँ । बाँके र मकवानपुरमा गरी थप ९ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा शुक्रबार विहान जारी प्रेस विज्ञप्ती अनुसार कोभिड-१९ का पुष्टि भएकाहरूको संख्या २५८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षण अनुसार काेराेना संक्रमण नयाँ पुष्टि हुनेमा मकवानपुरका ३७ बर्षीय पुरुष, बाँकेकाे नैनापुर-०१, ०३ र ०५ का १८, २०, २२, २५, २५, २७, ३२. ३६ वर्षीय पुरुषहरू रहेकाे र हालसम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीद्वारा जारी प्रेस विज्ञप्ती उल्लेख छ ।
खबरइरा संवाददताclose